
काठमाडौँ, १३ वैशाख । भारतले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँ एक महिनादेखि जारी लकडाउन केही खुकुलो बनाउने भएको हो ।
शुक्रबार भारतीय गृह मन्त्रालयद्धारा जारी सूचनामा आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर पसल खोल्न सकिने बताइएको छ ।
यद्यपि पसलमा ५० प्रतिशतभन्दा बढी कामदार राख्न नपाइने त्यहाँ काम गर्ने अनिवार्य मास्क लगायतका सुरक्षा साधन प्रयोग गर्नुपर्नेछ । तर मदिरा पसललगायत जोखिम रहेका पसलहरु भने खोल्न दिइएको छैन ।
बीबीसीका अनुसार केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको छ ।
त्यहाँ करिब साढे २४ हजार कोरोनाभाइरस संक्रमित छन् भने ७ सय ८० जनाको निधन भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतले सुरुमै तीन हप्ताका लागि लकडाउन गरेको थियो भने दुई हप्ता थप गरेको थियो ।















प्रतिक्रिया