
डडेल्धुरा, १३ वैशाख । नवदुर्गा गाउँपालिकाले काठमाण्डौमा रहेका व्यक्तिहरुको उद्धारका लागि शनिबार २ बस डडेल्धुराबाट काठमाडौँ पठाएको छ ।
विश्वभरी महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) रोग फैलन नदिनका लागी सरकारले गरेको लक डाउनका कारण काठमाडौँमा रहेको नवदुर्गा गाउँपालिका भित्रका व्यक्तिहरुको उद्धार गरि घर ल्याउनका लागि २ वटा बस पठाएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र विष्टले बताए ।
गाउँपालिकाले आफ्ना जनताहरुलाई घर ल्याउनका लागी काठमाण्डौ पठाइएका बस ना ८ ख ५७०३ र ७५०४ का चालकहरुका नाम र मोबायल नम्बर समेत आफ्नो सामाजिक संजालमा राखेको छ ।
काठमाडौँमा रहेका करिब १०० जनाले घर फर्किन चाहेको र घर फर्किनका लागी समस्या भएको भन्दै जानकारी गराएपछि गाउपालिकाले डडेल्धुराबाट काठमाण्डौ बस पठाएको अध्यक्ष विष्टले जानकारी दिए ।
काठमाडौँबाट घर फर्किने सवैको स्वास्थ्य परिक्षण गरिने र स्वास्थ्य परिक्षण रिर्पोटका आधारमा उनीहरुलाई घर जानदिने वा क्वारेनटाईनमा राख्ने भन्ने निक्र्यौल गरिने समेत अध्यक्ष विष्टले बताए ।















प्रतिक्रिया