७ मंसिर २०८३, सोमबार

आज पहिलो कम्युनिष्ट प्रधानमन्त्रीकाे स्मृति दिवस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ वैशाख । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ ।

यसअघिका वर्षहरूमा उनको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले यसपाली कुनै पनि औपचारिक छैन । विसं १९७८ सालमा काठमाडाैंमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए । पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागी हुँदा उनीबनारसमा जेल परेका थिए ।

जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा अधिकारी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए । अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका थिए ।

अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए । उन नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम शुरु गरेको थियो ।