१ कार्तिक २०८३, आइतबार

भारतमा कोरोना संक्रमणबाट ७८० जनाकाे मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १३ वैशाख । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ।

शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार, ४४७ पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा १४ सय बढी संक्रमित थपिएका थिए।

भारतमा सबैभन्दा बढी संक्रमित हुनेहरु महराष्ट्र प्रदेशमा रहेका छन्। त्यहाँ हालसम्म ६४ सय बढी संक्रमित भेटिएका छने भने २८३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै गुजरातमा २६ सय बढी कोरोना संक्रमित रहेका छन् भने ११२ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा भने कोरोना संक्रमितको संख्या करिब २४ सय रहेको छ भने मृत्यु हुनेको संख्या ५० भन्दा धेरै पुगेको छ ।