२ कार्तिक २०८३, सोमबार

काठमाडौँमा छन् यस्ता मनकारी वडा अध्यक्ष

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । यो विषम परिस्थितिमा नेपालका सम्पूर्ण स्थानीय तहहरुका जनप्रतिनिधिहरुले जनतालाई आवश्यक सहयोग प्रदान गर्दै आएका छन् ।

त्यस्तै, एक उदाहरण टोखा नगरपालिका वडा नं ५ का अध्यक्ष जगन्नाथ ढकाल हुन् ।

ढकाल वडाका सुत्केरीका लागि घ्यु बोकेर घर-घरमा पुग्ने अभियानमा सक्रिय बनेका छन् ।

उनले शुक्रबार वडाका ६ जना सुत्केरी महिलाहरुलाई १ केजीको दरले घ्यू वितरण गरेका छन् । उनले घर-घरमै गएर घ्यू वितरण गरेका हुन् । वडामा रहेको अनुप डेरीको सहयोगमा यो अभियान सुरु गरिएको हो ।

यो अभियानलाई निरन्तरता दिन स्वयंमसेवकहरुको सहयोगमा वडामा सुत्केरी महिलाहरुको विवरण संकलन गर्न लगाइएको अध्यक्ष ढकालले जनाएका छन् ।

त्यस्तै, अध्यक्ष ढकालले वडामा नियमित औषधि सेवन गर्नेलाई आर्थिक अभाव सहयोग गर्ने पनि बताए ।