२ कार्तिक २०८३, सोमबार

लकडाउन लम्बिन्छ तर मोडालिटीबारे सोच्न जरुरी छ : प्रधानमन्त्री ओली

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन जारी रहने जनाएका छन् । उनले मोडालिटीबारे सोच्न जरुरी रहेको बताए । उनले यसबारेमा गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन पनि दिएका छन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन जारी राखिने बताएका हुन् । यद्यपि यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेको मोडालिटी तयार गर्न उनले निर्देशन दिएका हुन् ।

अहिले कृषिक्षेत्रमा कसरी अवस्था सहज बनाउने तथा शिक्षा र सुरक्षाको विषयमा के कसो गरेर अघि बढ्ने लगायतको विषयमा गृहकार्य गर्न समितिलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

शनिबार कोरोना रोकथाम तथा नियन्त्रणका उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । समितिले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिनेछ ।