
काठमाडौं, १२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतल समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादव प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतको समूहले भ्रमपूर्ण प्रचारबाजी गरेको स्पष्टोक्ति दिएका छन् ।
‘अपहरण गरियो भन्ने विषय गलत हो । उहाँको घरमा खाना खाएर, परिवारका सदस्यसँग बसेर फर्किएको विषय हामीले भनिसकेका छौं तर अपहरण गरेको भन्ने भ्रम बाबुरामको सचिवालयले प्रचारबाजी गरेको छ’, उनले दैनिक नेपालसँग भने,‘सांसद हुनुका नाताले उहाँसँको चिनजान र कुराकानी हुनु स्वभाविक हो ।’
त्यसो त समाजवादी पार्टीका अर्का सांसद प्रदिप यादवले अपहरण गरियो भन्नु भ्रमपूर्ण अभिव्यक्ति भएको बताउँदै डा. यादव मन्त्री बन्न नपाएपछि गलत प्रचारबाजीमा लागेको विषय पनि सतहमा आइसकेको छ ।
यस्तो पृष्ठभूमीमा बस्नेत जोड्छन्,‘हामी सामाजिक काम र नागरिकलाई सहजीकरण गर्ने क्रममा भक्तपुरको जगातीदेखि काभ्रे हुँदै सडकको अवस्था बुझ्ने क्रममा महोत्तरीसम्म पुगेका हौं, उहाँ हामीसँग आउनुभएको हो । होटलमा छाडेर हिँडेको विषय पनि कहिँ अपहरण हुन्छ ?’
डा. भट्टराई र उनको सचिवालय सरकारविरुको प्रचारबाजीमा लाग्नु स्वभाविक भए पनि अस्वभाविक हिसाबले अपहरण गरिएको लगायतका विषयलाई टिप्पणी गर्नु दुखदायी भएको बस्नेतको भनाई छ ।
सर्वसाधारणका लागि काम गर्ने नेकपाको सांसद भएकाले आपराधिक नाम दिएर नाम जोड्नु दुखदायी भएको बताएका उनले कानुनी राज्यमा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, सांसद किसान श्रेष्ठलगायतको नाम जोडेर अपहरण गरियो भन्नुको तुक नभएको बस्नेतले बताए ।
डा. यादव आफैंले पनि अपहरण भएको भनी नभनेको कुरालाई भट्टराईले सचिवालयका विश्वदिप पाण्डे परिचालन गरी प्रचार गरेको र होटलबाट पाण्डेले नै अपहरण शैलीमा लगेको स्पष्ट रहेको बस्नेतले दाबी गरेका छन् ।











प्रतिक्रिया