२ कार्तिक २०८३, सोमबार

राहत वितरणमा विवाद हुँदा प्रहरीमाथि आक्रमण, असईको टाउको फुट्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ वैशाख । नवलपरासीको रामग्राम नगरपालिका १७ देवगाँवमा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमण मा प्रहरी सहायक निरीक्षक (असई) टाउकोमा चोट लागेर घाइते भएका छन् ।

प्रहरीले प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वडा कार्यालय मार्फत नगरपालिकाले वुधबारदेखि विपन्नलाई राहत वितरण सुरु गरेको हो ।

वडामा राहत वितरण भइरहँदा शुक्रबार स्थानीयको एक समूहले सबैमा राहत वितरण नभएको भन्दै वडा कार्यालयमा ताला लगाएका थिए । ८ १० जनाको समूहले ताला खोल्न पुगेको प्रहरीमाथि आक्रमण गरेका थिए ।

आक्रमणमा गोबरैया प्रहरी चौकीमा कार्यरत असई चामबहादुर ओलीको टाउको फुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान्य अवस्था भएपनि टाएकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । गाउँमा १० १५ कठ्ठा जग्गा हुनेले पनि राहत मागेपछि विवाद भएको थियो ।

प्रहरीमाथि आक्रमण गर्नेहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यहाँ २ सय घर विपन्न परिवारलाई २५ केजी दरले चामललगायत राहत प्रदान गरिएको छ ।