७ मंसिर २०८३, सोमबार

अहिलेको प्राथमिक काम कोरोनाविरुद्धको लडाई : डिआईजी सिंह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १२ वैशाख । २ नम्बर प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) धिरजप्रताप सिंहले अहिले मुख्य काम कोरोनाविरुद्धको लडाईमा लाग्नु रहेको बताएका छन् ।

कार्यभार सम्हाल्नासाथ उनले शान्ति सुरक्षा, अमन चयन र रोगविरुद्ध अपनाउनुपर्ने सुरक्षा अवस्था पनि प्रहरीको जिम्मा पर्ने भएकाले विश्वमा नै महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्धको अभियान प्राथमिक भएको सिंहले बताए ।

‘प्रदेशमा विविध सुरक्षा अवस्थामा प्रहरी चनाखो रहने नै छ । तर अन्य गतिविधिका साथै प्राथमिक विषयचाहिँ कोरोनाविरुद्ध सरकारले गरेको लक डाउन, त्यसको सफल कार्यान्वयन, जनताको ज्यानको सुरक्षामा प्रहरीको सक्रियता रहनेछ’, सिंह भन्छन्,‘सामाजिक सुरक्षाको दायित्व पनि प्रहरीकै जिम्मेवारी भएकाले नागरिकलाई आश्वस्त पार्नेगरी काम अघि बढाउनेछु ।’