
काठमाडौँ, १२ बैशाख । सरकारले यसैसाता जारी गरेका दुई अध्यादेश फिर्ता लिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएको छ ।
पार्टीभित्र र बाहिर पनि आलोचना भएपछि सरकारले अध्यादेश फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने संवैधानिक व्यवस्था छ ।











प्रतिक्रिया