७ मंसिर २०८३, सोमबार

प्रचण्ड र देउवावीच गोप्य भेटवार्ता, सचिवालयभित्रकै सदस्यहरूवीच खैलाबैला

22.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ वैशाख । अध्यादेशका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ जना सचिवालय सदस्यहरूबीच बिहीवार साँझ भैंसेपाटीमा अनौपचारिक बैठक बसेको छ ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धमा सरकारले ल्याएको अध्यादेशको बारेमा नेताहरूका वीच छलफल भएको थियो । बैठक लगत्तै प्रचण्ड आफ्नो निवास खुमलटार जानुको साटो अर्कै ठाउँमा पुगेका थिए ।

उनी कांग्रेसका सभापति शेरबहादुर देउवाका सालोको निवासतर्फ गएको एक नेताले बताए । त्यहाँ प्रचण्डले देउवासँग झण्डै डेड घण्टा कुरा गरेका थिए ।

प्रचण्डले अकस्मात देउवालाई भेटेको खबर बाँकी ५ जना नेताहरूले एकपछि अर्को पाएपछि सबै झस्किएका थिए ।

भैंसेपाटी बैठकमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले सरकारले यो अध्यादेश फिर्ता लिनुपर्ने धारणा सुनाएका थिए ।

अर्का बरिष्ठ नेता माधवकुमार नेपालले भने सन्तुलित भएर अध्यादेशबारे कुरा राखेको ती सदस्यले बताए । देउवासँग सुटुक्क भेटलाई भनी अन्य नेताहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

अध्यादेश फिर्ता लिनुपर्ने भन्दै विपक्षी कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरिसकेको छ । अध्यक्ष प्रचण्डले पनि यता नेकपा सचिवालयमा यसको अगुवाई गरिरहेका छन् । पूर्व माओवादी खेमाबाट यसको तिव्र लविंग समेत गरिरहेका छन् ।