७ मंसिर २०८३, सोमबार

मन्त्रिपरिषदको बैठक बस्दै, अध्यादेश फिर्ता लिनेबारे निर्णय हुन सक्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन ।

अघिल्लो मन्त्रिपरिषद बैठकले जारी गरेको अध्यादेशसहित बिकसित पछिल्लो अवस्थाबारे छलफल तथा निर्णयका लागि आज मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्नेछ । अध्यादेशसहित सरकारको नियमित कामबारे आवश्यक छलफल हुनेछ ।

सरकारले अघिल्लो मन्त्रिपरिषदबाट राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि समाजवादी फोरम फुटनेभन्दै राजपासँग एकता भइसकेको छ । सत्तारुढ नेकपाकै सचिवालयका नेताहरू अध्यादेशको बिरोधमा छन ।

यस बिषयमा सरकारमा रहेका सचिवालयका नेता र सरकार बाहिर रहेका नेताहरूबीच बिवाद देखिएको छ ।

अध्यादेशपछि नेकपाका शीर्ष नेता नै गुट भेलामा लागेपछि प्रधानमन्त्रीले आवश्यक सुझावसहित आगामी बाटो तय गर्न मन्त्रिपरिषद बैठक बोलाएका हुन ।

बैठकमा अध्यादेशबारे छलफल गरी फिर्ता लिने कि संसदमा लगेर सांसदहरुको सुझावसहित परिमार्जन गर्ने भन्ने निर्णय लिनेछ ।