७ मंसिर २०८३, सोमबार

कैलालीमा एनप्याब्सनका केन्द्रीय उपाध्यक्षको शव भेटियो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कैलाली, १२ वैशाख । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् ।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो ।

उनको आँखा, मुख र घुँडामा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए । उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न स्थानीयले माग गरेका छन् ।