७ मंसिर २०८३, सोमबार

यस्तो रहेछ शुक्रबार देशभरिको मौसम

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ वैशाख । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ ।

शुक्रबार महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो ।

महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरूमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।