७ मंसिर २०८३, सोमबार

काठमाडौंमा तरकारीको मूल्य तीन गुणाले घट्यो

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ ।

लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंअनुसार लकडाउनअघि १० चैतमा प्रतिकेजी सानो गोलभेंडाको थोक मूल्य औसतमा ५८ रुपैयाँ थियो भने ११ वैशाखमा सो गोलभेंडाको मूल्य घटेर प्रतिकेजी थोक औसत मूल्य १८ रुपैयाँ पुगेको छ ।