२ कार्तिक २०८३, सोमबार

आज थप २ जना कोरोना संक्रमित, २ जना डिस्चार्ज, कूल संक्रमितको संख्या ४७ पुग्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । कोरोनाभाइरस संक्रमित काठमाडौँ पेप्सिोकोलाका दुईजना निको भएर घर फर्केका छन् ।

पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी निको भएर घर फर्कनेको संख्या ९ जना पुगेको छ ।

त्यस्तै, नेपालमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना देखिएको हो ।

त्यस्तै, जनकपुरका १४ वर्षीया बालकमा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । यसरी, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४७ पुगेको छ ।