
काठमाडौँ, ११ वैशाख । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै उत्पन्न विवादका विषयमा छलफल गर्न बोलाइएको सांसदसँगको छलफल स्थगित भएको छ ।
अध्यादेशबाट उब्जिएको विवादका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बालुवाटारमा अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग छलफलपछि अध्यादेश फिर्ता लिने बताएका थिए । योसँगै बालुवाटारमा जारी सांसदहरुसँगको छलफल रोकिएको हो ।
प्रचण्डले अध्यादेश फिर्ता लिएर स्थायी कमिटी बोलाउन प्रधानमन्त्री ओलालाई आग्रह गरेका थिए । यससँगै प्रधानमन्त्रीले अध्यादेश फिर्ता हुने कुरामा ढुक्क हुन भनेका थिए ।















प्रतिक्रिया