२ कार्तिक २०८३, सोमबार

अध्यादेश फिर्ता लिने प्रधानमन्त्रीको तयारी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ल्याएको अध्यादेश फिर्ता गर्ने बताएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी र गणपुरक सम्बन्धी अध्यादेशरु सोमबार मन्त्रिपरिषदले पारित गरेको थियो । सोमबारै राष्ट्रपटि विद्या देवी भण्डारीले जारी गरेकी थिइन् ।

आज विहान नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिने बताउँदै नेताहरुलाई आश्वस्त पारेका थिए ।

आज बिहान अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका थिए । भेटका क्रममा अध्यादेशले केही समस्या निम्त्याए फिर्ता लिने बताएको हुन् ।

अध्यादेश जारीपछि उत्पन्न घटनाका बारेमा उनीहरुबीच गम्भीर छलफल भएको थियो । पार्टी एकतामा नै केन्द्रीत हुनुपर्नेमा उनीहरुको जोड रहेको थियो ।