२ कार्तिक २०८३, सोमबार

म अपहरणमा परेको होइन : सांसद यादव

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ वैशाख । अपहरण परेका भनिएका समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.सुरेन्द्र यादवले आफू अपहरणमा नपरेको बताएका छन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका यादवले आफू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौँ आएको बताए । नेकपाका दुईजना सांसदसहित प्रधानमन्त्री ओलीलाई भेट्न भन्दै जनकपुरबाट काठमाडौं आएको उनले पनि स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईजना सांसद महेश बस्नेत र किसान श्रेष्ठ एकाएक जानकारी नै नदिइकन जनकपुर आउनुभयो र मलाई उहाँहरुले तपाईंसँग प्रधानमन्त्रीज्युले भेट्न खोज्नु भएको छ, जाउँ भन्नुभयो म पनि सहजै ढंगले उहाँहरुसँग आउन तयार भएँ ।’

आफू अपहरणमा परेका समाचार गलत भएको उनले बताए ।  आफ्नो मोबाइल गाडीमै छुटेर स्वीच अफ भएकोले सम्पर्क हुन नसकेको बताए ।

त्यस्तै, उनले प्रधानमन्त्री ओलीसँग नभेटेको र होटलमा बसेर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भेटेको जनाए ।

त्यस्तै उनले पार्टीको एकीकरणले आफू खुशी भएको पनि बताए ।