२ कार्तिक २०८३, सोमबार

गाई तथा गोरु काटेको अभियोगमा २ पक्राउ, फरारको खोजी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ वैशाख । प्रहरीले बाँके र सिन्धुपाल्चोकमा गाई तथा गोरु काटेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका ८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रनियापुरबाट खटिएको प्रहरीले दर्जीलाई गाईको मासु सहित घटनास्थलबाटै पक्राउ गरेको हो । घटनामा संलग्न वितन र नफिसलाई प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका ६ सिपाखोला बस्ने ४२ वर्षीय यम बहादुर तामाङलाई गोरु काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने सार्की भन्ने लाल बहादुर बम्जनको गोठमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले गोरुको मासु र गोरु काट्न प्रयोग भएको बन्चरो तथा खुकुरी सहित तामाङलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न लाल बहादुर र सोही ठाउँ बस्ने बिष्णे तामाङको प्रहरीले खोजी गरिरहेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।