
काठमाडौं, ११ वैशाख । प्रधान कार्यालयले प्रहरी नियमावली २०७१ को ८ वटा दफा लगाएर आफ्ना कर्मचारी र अधिकारीमाथि एउटा प्रतिबन्ध लगाएको छ ।
बुधबारदेखि प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालका समूहगत च्याटलगायतका विविध एप्समा समेत कर्मचारीले संवाद गर्न नपाउनेगरी प्रतिबन्ध गरेको हो । यस्तो प्रतिबन्धको लगाउनुको कारणमा प्रधान कार्यालयले संगठनप्रति नकारात्मक सूचना प्रवाह भएको उल्लेख गरेको छ ।
प्रवक्ता उमेशराज जोशीले हस्ताक्षर गरेको उक्त परिपत्र प्रहरीका हरेक इकाई हेर्ने निकायमा गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि बोधार्थ गरिएको छ ।
सामाजिक सञ्जालका कतिपय समूहमा संगठनका विषयमा अनर्गल प्रचारबाजी गरिएको, सूचना चुहावट भएको उसको निष्कर्श छ । तर कतिपयले प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको व्यक्तिगत चाहनाका आधारमा यस्तो प्रतिबन्धको परिपत्र गरिएको भन्ने अथ्र्याएका छन् ।
प्रहरी अधिकारीका सरुवा, बढुवा तथा विविध विषयमा सुरक्षा सम्बन्धी बनेका समूहगत फेसबुक, भाईबरलगायतका म्यासेन्जरमा संगठनका साथै कतिपयका नीजि विषयमा पनि कुराकानी हुने गरेपछि यस्तो अवस्था आएको प्रधान कार्यालय स्रोतले जनाएको छ । यो संगठनको हितका लागि नै गरिएको निर्णय भएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।











प्रतिक्रिया