
काठमाडौँ, १० वैशाख । तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदानको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । गत चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको सामाग्री तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेको हो ।
८ करोड ३१ लख रुपैयाँ बराबरको उक्त सामग्री वुधबार नेपाल प्रवेश गरेको हो । आजै नेपाल भित्रिएको उक्त सामाग्री आजै काठमाडौँ आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जनाए ।
तिब्बत सरकारले नेपाल सरकारलाई अनुदानस्वरुप दिएको स्वास्थ्य सामग्रीमा दश दश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन् ।
तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।















प्रतिक्रिया