२ कार्तिक २०८३, सोमबार

बाग्लुङमा चट्याङ लागेर एकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाग्लुङ, १० वैशाख । बाग्लुङको गलकोट नगरपालिका १ दुधिलाभाटी बस्ने ५५ वर्षीया बिजुली खत्रीको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा चट्याङ परी बेहोस भएकी उनको आरोग्य अस्पताल हटिया बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।