२ कार्तिक २०८३, सोमबार

लकडाउनमा भोकले अलपत्र कुकुर बचाउँदै झापाका युवा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बिर्तामोड, १० वैशाख । झापाको बिर्तामोडमा लकडाउनले खान नपाएर अलपत्र परेका कुकुरहरुलाई स्थानीय युवाहरुले खानेकुरा दिने अभियान चलाएका छन् ।

जनावरहरुको बाँच्ने अधिकार सुनिश्चित गर्न उनीहरुले यही चैत २५ गतेदेखि निरन्तर खानेकुरा खुवाइरहेका छन् ।

जिनियस मिडिया, बिर्तामोडले सहयोग गरेका यस अभियानमा स्थानीय युवाहरु निमेष सिवाकोटी, जतिन श्रेष्ठ, सुजन सिवाकोटी, निरज पोखेरेललगायतले चोक तथा गल्लीमा भोकले छटपटाएका कुकुरहरुलाई खानेकुरा उपलब्ध गराउँदै आएका छन् ।

लकडाउनले जनावरहरुलाई पनि पीडित पारेको र उनीहरुको रक्षा गर्नु मानिसकै दायित्व रहेको भन्दै खानेकुरा दिन थालिएको अभियानका अगुवा निमेष सिवाकोटीले बताए ।