२ कार्तिक २०८३, सोमबार

उदयपुरमा मंगलबार भेटिएका ११ कोराना संक्रमितमध्ये २ भारतबाट र १ जना दुबईबाट आएका

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । उदयपुरमा मंगलबार भेटिएका ११ जना कोरोना संक्रमितमध्ये २ जना भारतबाट र १ जना दुबईबाट आएका खुलेको छ ।
गत फागुन १० गते दुबईबाट नेपाल आएका एक युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यस्तै, बाँकी दुई जना भने भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट आएका प्रहरीले जनाएको छ । यद्यपि उनीहरूको विस्र्तत विवरण भने आउन बाँकी छ ।

अहिले उदयपुरमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमा हिजो मात्रै एकैदिन ११ जनामा संक्रमण पुष्टि भएको थियो भने केहीदिन अघि भुल्केस्थित मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उदयपुर पुरै जिल्ला सिल गरिएको छ ।