२ कार्तिक २०८३, सोमबार

मौरीको घारको विषयमा विवाद हुँदा भाइद्धारा दाइको हत्या

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । दोलखामा घरायसी विवाद हुँदा भाइले दाइको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मौरीको घारको विषयमा विवाद हुँदा मंगलबार राती करिब ७ बजे घटना भएको थियो ।

शैलुङ गाउँपालिका ३ का ५३ वर्षीय रामबहादुर खड्काले आफ्नै ५७ वर्षीय दाजु दुर्गाबहादुर खड्कालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका खड्काको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरीले जनाएको छ ।

प्रहरीले खड्कालाई खुकुरीसहित पक्राउ गरेको छ ।