२ कार्तिक २०८३, सोमबार

दमकमा एकद्धार प्रणालीद्धारा सबैलाई समेटेर राहत वितरण

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १० वैशाख । विश्वव्यापी रुपमा कोरोनाभाइरस कोभिड १९ को महामारीको चपेटामा परेका दमक नगरपालिका वडा १ का विपन्न जनतालाई नेपाल सरकारको एक द्वार प्रणालीमार्फत राहत वितरण सम्पन्न भएको छ ।

नगरपालिकको वडा न १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीले वडा समिति लगायत सबै राजनीति दल सामाजिक संघसंस्था दमक उधोग वाणिज्य संघ लगायतलाई समेटेर प्रभावकारी रुपमा राहत वितरण गरिएको राहत वितरणमा संलग्न पहिलो पाइला दमकका अध्यक्षा छवि बास्कोटाले जनाएका छन् ।

त्यहाँ जम्मा ११ सय ७४ घरलाई चामल २१ हजार ३ सय १२ केजी दाल १४ सय ८९ केजी तेल १३ सय ९४ लि. नुन १२ सय ५५ केजी चिउरा १३ सय ४५ केजी साबुन १३ सय ९९ थान गरि जम्मा ४५२७ परिवारलाई रहात सामाग्री वितरण गरिएको छ ।