१ कार्तिक २०८३, आइतबार

भारतमा काेराेना भाइरसका सङ्क्रमितकाे संख्या १९ हजार नाघ्याे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १० वैशाख । भारतमा काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या १९ हजार नाघेकाे छ ।

भारतकाे परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १९ हजार ९ सय ८४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ ।

काेराेनाका कारण भारतमा ६ सय ४० जनाकाे ज्यान गएकाे छ भने स्वास्थ्य मन्त्रालयकाे वेबसाइटका अनुसार सङ्क्रमितमध्ये तीन हजार आठ सय ६९ जना उपचारपछि निकाे भएका छन् ।

साथै भारतमा काेराेना परीक्षणका लागि प्रयाेग हुने र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) बाट सही नतिजा नआएपछि दुई दिनका लागि आरडीटीबाट गरिने काेराेना परीक्षण राेक्न भनिएकाे छ । एक पटक किटकाे जाँच गरिने र त्यसपछि मात्र परीक्षणकाे अनुमति दिने बताइएकाे छ ।