८ मंसिर २०८३, मंगलबार

मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा ८ हजार मास्क हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । कोरोना भाइरसको संक्रमणको महामारी नियन्त्रण गर्ने सरकारको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आठ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

सिहंदरबार बग्गीखानास्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा अध्यक्ष दीपककुमार मलहोत्रा एवं पदाधिकारीहरूले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् ।