२ कार्तिक २०८३, सोमबार

विपन्नलाई सहयोगी मनहरुको राहत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मेचीनगर, ९ वैशाख । विश्वव्यापी कोरोना महामारीको यो संकटको घडीमा सहयोगी मनहरुले आवश्यक परेकालाई सहयोग गरिरहेका छन् ।

त्यही क्रममा झापाको मेचीनगर वाड नम्बर १३ मा समाजसेवी महिला सविना बजगाइको नेतृत्वमा अर्जुन बस्नेत, सुशील गोयल, जुनु चापागाई, विकास क्षेत्री, यमुना न्यैपानेलगायत सामाजिक अभियान्ताहरुको संयुक्त पहलमा अति बिपन्न तथा ज्याला मजुदुरहरुलाई राहत वितरण गरेका छन् ।

मंगलबार उनीहरुले ६०/७० घर पविारलाई राहत सामाग्री वितरण गरेका हुन् ।

विपन्न वर्गका करिब ६०/७० घरपरिवारलाई उनीहरुले चामल, दाल, साबुन, तेल, चाउचाउ, नुन, भुजालगायत राहत सामाग्री वितरण गरेका हुन् । लकडाउनले गर्दा जीविकोपार्जनमा कठिनाई भइरहेको बेला सहयोग केही राहत हुने भएको छ ।