२ कार्तिक २०८३, सोमबार

झुठो अफवाह फैलाएको अभियोगमा पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, ९ वैशाख । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । राजविराज नगरपालिका ४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खडक नगरपालिका ६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सम्बन्धमा दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाईभमार्फत प्रहरीले कुटपिट गर्दा उनको मृत्यु भएको भनी झुठो अफवाह फैलाएपछि सोही नगरपालिका ७ कुनैलीमोडबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।