मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा सहायता सामाग्री हस्तान्तरण

दैनिक नेपाल २०७७ वैशाख ९ गते १७:३१


विराटनगर, ९ वैशाख । वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका क्वारेन्टाइनलाई सामग्री सहायता गरेको छ ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र स्थानीय साझेदार संस्थाहरुसँगको सहकार्यमाकोरोना भाइरस (कोभिड १९) प्रति कार्ययोजना अन्तर्गत जोखिममा रहेका बालबालिका, महिला तथा समुदायहरुलाई सहयोग गर्ने उद्देश्यले प्रदेश १ र २ को मोरङ, सुनसरी, उदयपुर, रौतहट र महोत्तरी र सर्लाहीमा क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनको लागि गैह्रखाद्यन्न समाग्रीहरु जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा प्रति जिल्ला तारपुलीन ७० सेट, डोरी ५०, झुल ४०, प्लास्टिक बास्केट ६०, ब्लाङ्केट ९२, प्लास्टिक जर्किन १००, प्लास्टिक म्याट २५, पीफम ७, साबेल ११ र सानोडोरी १५ सेट वितरण गरिएको छ भने उदयुरमा तारपुलीन ७० सेट, डोरी ५०, झुल ५०, प्लास्टिक बास्केट ३५, ब्लाङ्केट ९०, प्लास्टिक जर्किन ७० र सानो डोरी १७ सेट वितरण गरिएको छ ।

साथै उदयपुरको रौतामाइ गाउँ पालिकाका १०० र मोरङको ग्रामथान गाउँपलिकाका १०० घरधुरीलाई स्थानीय तहको अगुवाइमा खाद्यान्न पनि संस्थाले स्थानीय तहको साझेदारीमा वितरण गरेको छ भने प्रदेश २ मा रौतहटको गरुड र माधव नारायण ४०० साबुन, ५० स्यानिटाइजर र १६०० सरजिकल पन्जा र सर्लाहीमा १००० थान मास्क, २०६ थान सेनिटाइजर, डिटल साबुन ५७५ थान सामान प्रशासन कार्यालय पर्सा, हरीपुर्वा, ब्रह्रपुरी र चन्द्रनगरमा वितरण गरिसकेको छ ।

वर्ल्ड भिजनका पब्लिक इन्गेजमेन्ट डाइरेक्टर पुष्कर खाती भन्छन् , “हामीले स्थानिय तह तथा प्रदेश सरकारहरुलाई तत्काल सहयोगका निम्ती यी सहयोग गरेका हौँ ।

यस बाहेक सञ्चारक्षेत्रसँगको समन्वयमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा मद्दत गर्न जनचेतनामूलक सूचनाहरु देश भरि पुग्ने गरी संम्प्रेषण पनि गरिरहेको छ ।

वर्ल्ड भिजन तीनै स्थानीय तहको सरकारसंगको सहकार्यमा आवश्कता अनुरुप समुदायको आवश्यकता सम्बोधान गर्न थप प्रतिकार्यको योजनाको तयारीपनि गरिरहेको छ ।”

प्रदेश नं १ को मोरङ, सुनसरी र उदयपुर साथै २ नं प्रदेशका सर्लाही, महोत्तरी र रौतहटमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालले स्थानीय साझेदार संस्थाहरु मार्फत स्थानीय तहसँगको सहकार्य तथा समन्वयमाजोखिममा रहेका बालबालिका तथा महिलाहरुलाई शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण, जिविकोपार्जन, विपद् व्यवस्थापन, बालमैत्री अभियानजस्ता क्षेत्रमा विभिन्न परियोजनाहरु मार्फत कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित