४ कार्तिक २०८३, बुधबार

शाहरूख खान एक नम्बर ट्रेन्डमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले सोमबार ट्वीटरमा प्रश्नोत्तर सेसनको आयोजना गरे जुन ट्वीटर इन्डियाको एक नम्बरमा ट्रेन्ड भएकाे छ ।

यतिबेला शाहरूखले आफ्नो प्रशंसकले सोधेको प्रश्नको जवाफ दिए । तीमध्ये केही रमाइला थिए भने केही तिखा । उदाहरणका लागि एक प्रयोगकर्ताले शाहरूखलाई सोधे, ‘सर साँचो–साँचो भन्नु पीएम केयर्स फन्डमा कति दिनुभयो ?’ यसको तिखो जवाफ दिँदै उनले लेखे, ‘साँच्चै… खजाञ्ची हो र ?’

अर्का एक प्रशंसकले प्रश्न सोधे, ‘सलमान खानले हालै आफ्नो आवाजमा एउटा गीत लञ्च गरेका छन् जुन कोरोना र देशप्रति उनको प्रेमबारे छ । के तपाईंले हेर्नुभएको छ ? यसको जवाफमा शाहरुखले लेखे, ‘भाइ कमालको सिंगल र सिंगर हुनुहुन्छ ।’

एक प्रशंसकले शाहरुखलाई आफ्नो सपनाबारे बताए । उनले लेखे, ‘हिजो मैले गौरीलाई भेटेको सपना देखेँ र हामीले तपाईंबारे कुरा गरेका थियौं । तपाईंलाई मैले दुईपटक मात्रै भेटेको (सपनामा मात्रै सही) उहाँलाई बताएँ र उहाँ निकै खुसी हुनुभयो । मैले उहाँलाई पुनः भेट्न चाहेको भन्दै आफ्नो इच्छा प्रकट गरेँ र भनेँ आइ लभ यूँ । वास्तवमा, उहाँले मलाई रुचाउनुभएको थियो । त्यसकारण उहाँलाई हाइ भनिदिनहोस् ।’ यसको जवाफमा उनले लेखे, ‘आज राती जब उनी मेरो सपनामा आउँछिन् तब हाइ भनिदिनेछु ।’

अर्का एक प्रशंसकले सोधे, ‘तपाईं आफ्नो नयाँ फिल्मको घोषणा कहिले गर्नुहुन्छ ? अफवाहबाट थाकिसकेका छौं र तपाईंको लुक देखेर तपाईंको नयाँ फिल्मको विश्लेषण गर्छौं र तपाईंले यो फिल्म गर्न लाग्नुभएको होला भनेर अनुमान गर्छौं ।’

यसको जवाफमा उनले लेखे, ‘आफैंलाई थकित नबनाउनुहोस् । पक्कै पनि फिल्म खेल्नेछु । ती पक्कै पनि बन्नेछन् र तपाईंलाई यसबारे निश्चित रुपमा थाहा हुनेछ ।’