८ मंसिर २०८३, मंगलबार

विवादीत बनाइएको सरकारद्वारा जारी अध्यादेश नेकपा सचिवालयले अनुमोदन गर्नुको अर्थ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । सोमबार सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत दल विभाजनसम्बन्धी खुकुलो व्यवस्था र संवैधानिक निकायमा पदपूर्तीसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेको विषयमा अहिले पक्ष र विपक्षमा चर्चा सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध स्वभाविक भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको अभिव्यक्ति र टिप्पणीले अध्यादेशबारे विवाद सुरु भएको छ । कतिपयले सचिवालयका नेतासँगको समन्वय र सल्लाह बिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा अध्यादेश ल्याएको भन्ने चर्चा पनि गरिएको छ ।

तर अध्यादेश प्रमाणिकरणका क्रममा नै बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णयलाई अनुमोदन गर्नुको अर्थचाहिँ प्रधानमन्त्रीले नेताहरूसँग सल्लाह गरेको आधारलाई नकार्न नमिल्ने देखिएको छ ।

त्यहि माथि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उक्त अध्यादेशबारे जानकारी रहेको सतहमा आएका टिप्पणीमा पनि उल्लेख छन् । खासगरी प्रचण्डनजिक मानिएका नेकपा नेता हरिबोल गजुरेलले सरकारले अध्यादेश ल्याउने बारेको जानकारी खुमलटारलाई पहिला नै जानकारी रहेको पनि बताएका छन्, विरोध गरे पनि ।

‘पार्टी र नेतासँग विविध समयमा मतभेद रहे पनि सरकारले जानकारी बिना नै अध्यादेश ल्यायो भन्ने विषयमा खासै कुनै दम हुँदैन, यो अध्यादेशको उपयोग सरकारले के कामका लागि गर्छ भन्ने विषयमा पनि सचिवालय जानकार रहेकाले अनुमोदन गरिएको हो’, उच्च स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले अध्यादेश पास गरिनुको अर्थ सचिवालयमा ब्रिफिङ गरेका थिए । त्यसको उद्देश्य र आगामी परिणामका सन्दर्भमा प्रधानमन्त्री ओलीले जानकारी गराएपछि सचिवालयले सरकारको निर्णय अनुमोदन गरेको थियो ।