२ कार्तिक २०८३, सोमबार

बाँसको चिर्पटले हानेर रौतहटमा एक युवकको हत्या

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ८ वैशाख । रौतहटमा १ जना युवाको हत्या भएको छ । रौतहटकोे कटहरिया नगरपालिका वडा नं—१ भसेडबा टोमा आईतबार राती १ युवाको कुटपिट बाट हत्या भएको रहस्य खुल्न आएको हो ।

भसेडबाका स्थानीय राम एक बालक राय को २५ वर्षीय छोरा सञ्जिव रायलाई गाउँकै केही व्यक्तिहरुले हत्या गरेको बताइएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही गाउँका स्थानीय राधेश्याम दासलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले बताएका छन् ।

यादवलाई बाँसको चिर्पटले हानेर हत्या गरेको डिएसपी महतोले बताएका हुन् । मृतकको शवलाई पोस्टमार्टमका लागि गौर अस्पताल लगिएको र घटनाको अनुशनधान भैरहेको प्रहरीले जनाएको छ ।