८ मंसिर २०८३, मंगलबार

लुकेर भारतबाट छिरेका धनुषाका जनप्रतिनिधिमा देखियो एन्टिबडी पोजिटिभ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । गएको २२ चैतमा भारतबाट लुकेर नेपाल छिरेका धनुषाका एक जना जनप्रतिनिधिमा कोरोना भाइरसको प्रारम्भिक परिक्षणमा एन्टिबडी पोजिटिभ देखिएको छ ।

२४ चैतदेखि क्वारेन्टाइनमा राखिएका धनुषाको जनक नन्दनी गाउँपालिका–२ का वडाध्यक्षमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरटिडी) परिक्षणका क्रममा कोरोना संक्रमण हुँदाको इन्टिबडी पोजिटिभ देखिएको हो । कोरोना संक्रमणको सम्भावना रहेकाले उनको स्वाव लिएर पीसीआर परिक्षणका लागि पठाइएको छ ।

एक महिना भारत बसेर उनी २२ चैतमा लुकेर नेपाल छिरेका थिए । लक डाउनका अवस्थामा नै उनी धनुषा प्रवेश गरेका थिए । उनको स्वाव परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ ।