८ मंसिर २०८३, मंगलबार

रेस्टुरेन्टमा काम गर्ने चार सय मजदुरलाई खाद्यान्न वितरण

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लकडाउनका कारण समस्यामा परेकालाई फास्टफुड एसोसिएसन नेपालले राहत वितरण गरेको छ ।

महासचिव होमराज श्रेष्ठका अनुसार, एसोसिएसनले आफ्ना ३०० सदस्यमध्ये १२३ वटा रेस्टुरेन्टमा काम गर्ने चार सयभन्दा धेरै कर्मचारीहरूलाई राहत वितरण गरेको हो ।

लकडाउन भएपछि घर जानबाट रोकिएर काठमाडौं उपत्यकामा अलपत्र परेका ४५० जनालाई चामल, तेल, नुन र दाल प्रदान गरिएको अध्यक्ष केशरबहादुर श्रेष्ठले बताए ।

खाद्यान्न वितरणमा उपाध्यक्ष राजकुमार श्रेष्ठ, रमिला श्रेष्ठ, कोषाध्यक्ष नवीन श्रेष्ठ र सदस्य टेकबहादुर श्रेष्ठको उपस्तिथि रहेको थियो ।