
डडेल्धुरा, ७ वैशाख । डडेल्धुराको भित्रिमधेश क्षेत्रमा बन अतिक्रमण गरि निर्माण गरिएका ६ वटा टहराहरु शनिवार आगो लगाई भत्काईएको छ ।
कोरोना भाईरसको संक्रमण बढ्न नदिनका लागि सरकारले जारी राखेको लक डाउनको समयमा परशुराम नगरपालिका वडा १२ मा डङशेरा सामुदायिक बनसंज जोडिएको राष्ट्रिय बन क्षेत्रमा बन अतिक्रमण गरि बनाईएका ६ वटा टहराहरु भत्काईएको डिभिजन बन कार्यालयलय डडेल्धुराका डिभिजन वन अधिकृत विष्णुप्रशाद आर्चायले बताएका छन् ।
सामुदायिक वनका पदाधिकारी,उपभोक्ता र वन कार्यालयका कर्मचारीहरुको पहलमा भत्काईएको बन कार्यालयले जनाएको छ ।
लक डाउनको समयमा महाभारत तथा चुरे बन क्षेत्रमा बन अतिक्रमण गर्ने तथा काठ तस्कर गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।















प्रतिक्रिया