२ कार्तिक २०८३, सोमबार

लकडाउन खुकुलो बनाउने तयारीमा सरकार

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । सरकारले कोरोना नियन्त्रणका जारी गरेको लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजाने तयारी थालेको छ ।

यसबारेमा गृहकार्य थालिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । आइतबार नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुसँगको छलफलमा लकडाउन खुकुलो बनाइने जनाए । यद्यपि, अन्र्तराष्ट्रि«य आवागमन भने खोल्न नसकिने उनले बताए ।

उनले भने, ‘सरकारको क्षमता सिमित छन् र राजस्वको बृद्धि लक्ष्यको तुलनामा निकै कम छ । यसकारण हामीले आन्तरिक स्रोत परिचालन गर्नुछ । राजस्वको स्रोत कम र कोरोनाका कारण खर्चको आवरश्यकता बढेकोले सरकारको आफ्नो ट्रेजरी त्यति सहज अवस्थामा छैन ।’

खतिवडाले कोरोना प्रभावबारे अध्ययन भइरहेको जनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर अध्ययन गर्न सकिने पनि बताए ।

त्यस्तै, लकडाउनले आर्थिक गतिविधि ठप्प बनाएको र व्यापार व्यवसाय प्रभावित भएको बताउँदै सरकारले यसका लागि बिजनेस रिकभरी योजना बनाएर अघि बढ्ने पनि डा.खतिवडाले बताए ।

उनले भने, ‘सरकारले रिकभरीको योजना बनाउन थालेको छ । विजनेस रिकभरीका लागि प्रतिबद्धता भएको लगानी छिटो ल्याउने, नयाँ लगानीको लागि छिटो अप्रुभल लिने, लगानी कार्यान्वयनमा देखिएका समस्या छिटो कार्यान्वयन गर्ने र पैसा बढी परिचालित हुने स्थिति सृजना गर्छौ । अनुत्पादन खर्चलाई कम गर्छौ ।’

लकडाउन खुल्नेबित्तिकै पर्यटन व्यवसायले पिक अप लिने पनि बताए । त्यस्तै, कोरोना चुनौती मात्र नभइ अवसर पनि भएको बताउँदै खतिवडाले कृषिमा टुटेको सम्बन्धलाई जोड्ने र डिजिटलाइजेसनलाई अगाडी बढानउने अवसर भएको समेत उनले उल्लेख गरे