२ कार्तिक २०८३, सोमबार

फेसबुकमार्फत कोरोना सङ्क्रमित भेटियाे भन्दै अफवाह फैलाउने पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ईलाम, ७ वैशाख । फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

फाकफोकथुम गाउँपालिका ७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सन्दिपले “ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।