
काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनका बारेमा आएको अनर्गल तथा दुष्प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले सूचना जारी गरी डा. पुनलाई मन्त्रालयमा बोलाइएको मात्र पनि जनाएको छ ।
पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएको हो ।
मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र रु २५ लाखको बीमासमेत व्यवस्था गरेको जनाएको छ ।
त्यसैले डा पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
















प्रतिक्रिया