

काठमाडौँ, ७ वैशाख । भारतको पश्चिम बंगलामा मास्क लगाउन नमान्दा बाबुले छोराको हत्या गरेका छन् ।
कोरोना संक्रमणबाट जोगिने मास्क लगाउन अस्वीकार गर्दा ७८ वर्षीय बाबुले ४५ वर्षीय छोराको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हत्यापछि बाबुले आफैँ आत्मसमर्पण गरेका छन् ।
छोरो दैनिक जसो घर बाहिर जाने र मास्क नलगाई बाहिर जाने गरेको र आफूले गाली गर्दा समेत नमानेकाले रिसको झोँकमा हत्या गरेको उनले बयान दिएका छन् । उनी आफैँ थानामा गएर हत्या गरेको बताएका थिए ।
कोलकाताको शोवाबाजार इलाकामा बंशीधर मलिक आफ्नो परिवारसँगै बस्छन् । उनी शनिबार बेलुका ७ बजे श्यामपुकुर थाना पुगेर छोराको हत्या गरेको बयान दिएका थिए । –एजेन्सी















प्रतिक्रिया