८ मंसिर २०८३, मंगलबार

सडकमा अलपत्र परेकाहरूलाई व्यवस्थापन गर्न अदालतको आदेश चाहिन्नः ईश्वर पाेखरेल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सडकमा अलपत्र परेकाहरूलाई व्यवस्थापन गर्न अदालतको आदेश आवश्यक नपर्ने बताएका छन् ।

नेपाली रेडियाे नेटवर्कमा आज पत्रकार ऋषि धमलासँग कुरा गर्दै लकडाउनका कारण हिडेर घर जान लागेकाहरूलाई तत्काल घर पुर्‍याउन सर्वोच्च अदालतले दिएको आदेशप्रति लक्षित गर्दै सरकारलाई त्यस्ता आदेशको आवश्यकता नपर्ने बताए ।

उनले सरकारले आफ्नो काम र जिम्मेवारी जानेकोले कुनै आदेश दिइरहनु नपर्ने टिप्प्णी गरे ।

पोखरेलले अदालतको आदेशप्रति सरकारलाई चासो नभए आशय पनि व्यक्त गरे । उनले हिडेर घर जानेहरूलाई नै दोषारोपण गरे । सरकारलाई जानकारी नदिई हिड्नु गलत भएको उनले भनाइ छ ।

‘आफ्नो सुरले घर जानु आफैमा गल्ती हो, तर आफ्नै सुरले गएपनि उनीहरूको जिम्मा सरकारले लिन्छ’, उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले सडकमा अल्पत्र परेकालाई हिजो र आजमा आ आफ्ना घरमा पुर्‍याई सकिने र भोलिदेखि सडकमा कोही पनि नदेखिने दावी पनि गरे ।