८ मंसिर २०८३, मंगलबार

उदयपुरमा ६९ जनाको स्वाब सङ्कलन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ७ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्केमा रहेको मस्जिदमा १२ जनालाई कोभिड १९ को सङ्क्रमण पुष्टि भएपछि त्यो समुदायका मानिसहरुको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

प्रदेश १ सरकारबाट परिचालित स्वास्थ्यकर्मीको समूहले ५३ घरमा ६० जना स्थानीय, चार जना स्वास्थ्यकर्मी र पाँच जना सुरक्षाकर्मीसहित जम्मा ६९ जनाको स्वाब सङ्कलन गरेको हो ।

सङ्क्रमितहरुसँग सम्पर्कमा आएकाहरूको पहिलो चरणमा स्वाबको नमूना लिइएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । नमूना परीक्षणको रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढाइने प्रमुख सुवेदीले जानकारी दिए ।

स्थानीयहरूलाई शारीरिक दुरी कायम गर्दै व्यवस्थित रुपमा चौरमा लाइन लगाइ पालैपालो सुरक्षित रुपमा स्वाब सङ्कलन गरिएको थियो ।

स्वाब सङ्कलनमा खटिएका पाँच जना सुरक्षाकर्मी र चार जना स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरिएको हो ।