
काठमाडौं, ६ वैशाख । बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि, बालुवा तस्कर र अवैध धन्दामा रोक लगाएपछि कपन प्रभागकी इन्स्पेक्टर सुरक्षा केसीको राजनीतिक लविङमा सरुवा गरिएको छ ।
कपन बहुमुखी क्याम्पसलगायतका नाममा अवैध हिसाबले बालुवा तस्करी रोक्न केसीको भूमिका बलियो भएपछि झन्डै ७ महिनाअघिदेखि जनप्रतिनिधिसम्मको होस उडेको थियो ।
कपन १० का वडाध्यक्ष नवराज भट्टराईलगायतले क्याम्पस निमार्णको नाममा बालुवाको अबैध कारोबार गरेपछि इन्स्पेक्टर केसीले उत्खनन्को काममा रोक लगाएकी थिइन् ।
सार्वजनिक बाटोको १५ लाख बराबरको बालुवा वडा अध्यक्ष र क्याम्पसका कर्मचारीको मिलोमतोमा बिचबिखन भएको बेला केसीले उत्खनन् रोकिन् । सोही बेलादेखि उनको सरुवाका लागि राजनीतिक लविङ गरिए पनि केसी हटाउन सकेका थिएनन् । क्याम्पसकै बिल भौचरबाट ७ हजार ५ सयको दरले बालुवा बेचबिखन गरिएको रसिद दैनिक नेपालसँग छ ।
गैर कानुनी धन्दामा नगरपालिकाका मेयर उद्धव खरेलको समेत हात रहेको छ । तत्कालिन गृह सचिव प्रेम राईलाई केसी हटाउन दबाब दिइएको थियो तर राईले अवैध काम गर्नेको प्रस्ताव अस्वीकार गरी फर्काएका थिए ।
हेर्नुहोस् सडकमा बालुवा उत्खखन् गरी खाल्डो पारिएको बर्बर अवस्था













प्रतिक्रिया