२ कार्तिक २०८३, सोमबार

उदयपुरमा उच्च सतर्कता, सिल गरिएको भुल्केका सबैको स्वास्थ्य परीक्षण गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । उदयपुर उच्च सतकर्ता अपनाइएको छ । सदरमुकाम नजिकैको मस्जिदमा बसेका भारतीय धर्म प्रचारक ११ सहित जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै त्रसित स्थानीयमा कोरोना फैलन नदिन उच्च सतर्कता अपनाइएको हो ।

उदयपुर जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार साँझै संक्रमितसहित मस्जिदमा रहेका सबै १६ जनालाई आइसोलेसनमा राख्न विराटनगर कोरोना अस्पताल पठाइसकेको छ । ४ दिनअघि आरडीटीमा रिपोर्ट नेगेटिभ आएपनि स्वाबको परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

मंसिर २५ देखि नै नेपाल प्रवेश गरेका उनीहरु चैत १ गतेदेखि मस्जिदमा बस्दै आएका थिए । २५ देखि ४९ वर्ष उमेरसम्मका मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिदमा तीन महिना बसेका थिए ।

फागुन २५ मा भने उनीहरु उदयपुर छिरेको प्रहरीले जनाएको छ । भुल्के आउनुअघि उनीहरु चौदण्डीगढी ५ सुन्दरपुरस्थित शिवाई मस्जिदमा ७ दिन बसेको पनि प्रहरीले खुलाएको छ ।

चैत १ गतेबाट लकडाउनले रोकिएर उनीहरु भुल्केस्थित मस्जिदमा बसेका थिए । चैत १४ गते स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएर स्वास्थ्यकर्मीसहितको टोलीले उनीहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

निकै समय नेपालमा घुमेका र बसेका उनीहरुबाट अन्यमा पनि कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ । त्यसैले, सबैलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ ।

उनीहरु फागुन ३ देखि ५ सम्म भएको अन्तराष्ट्रिय मुस्लिम सम्मेलनमा आएको प्रहरीले आशंका गरेको छ । त्यस्तै, हिजै प्रशासनले भुल्के क्षेत्र सिल गरेको छ । स्थानीयमा पनि संक्रमण फैलिएको हुन सक्नै भन्दै भुल्केमा सबैको स्वास्थ्य जाँच गरिने भएको छ ।

विराटनगरबाट थप स्वास्थ्यकर्मी झिकाएर भुल्केबासी ६ सय जनाको परीक्षण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितहरु घुमेको र बसेको गाउँ ठाउँमा पनि परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमणको स्थितिलाई थप भयावह हुन नदिन सबैलाई लकडाउनको पूर्ण पालना गर्न पनि जिल्ला समन्वय समितिले जिल्लाबासीमा आग्रह गरेको छ ।