२ कार्तिक २०८३, सोमबार

दोस्रो कोरोना संक्रमित युवती निकाे भएर अस्पतालबाट डिस्चार्ज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । चैत १० गते कोरोना संक्रमण देखिएको नेपालकी दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर घर फर्किएकी हुन् ।

उनले आफू पूर्ण रुपमा निको भएर घर फर्केको प्रतिक्रिया दिएकी छन् ।

काठमाडौँकी उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनले उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको बताइन् ।

उनी चढेर आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमै रहेका बागलुङका अन्य दुई जना नेपाली पनि कोरोना संक्रमित भएका छन् । हाल धौलागिरि अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

हालसम्म नेपालमा ३० जना कोरोना संक्रमितमध्ये २ जना निको भएर घर फर्किसकेका छन् ।