
पोखरा, ६ वैशाख । पोखरा महानगरपालिकाले समस्यामा परेका मजदुरहरुलाई निशुल्क खाना खुवाउने भएको छ ।
महानगरले राहत वितरण गर्दा केही विवाद आएपछि घरघरमा खाना पुर्याउने योजना बनाएको हो ।
महानगरले घरघर पुर्याउने खानामा सादा दाल, भात र तरकारी हुने पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिले बताए । जिसिका अनुसार महानगरका ३३ वटै वडामा निशुल्क सादा खाना खुवाइने बताए ।
पोखरा महानगरमा रहेका कोही पनि भोकले महानगर छोड्न नपरोस् भनेर खानाको व्यवस्था गर्न लागिएको हो ।
लकडाउन अवधिभर पोखरा महानगरमा बस्ने कसैले पनि भोकै बस्नु पर्दैन जिसिले जनाए ।
त्यस्तै, जिसिले कोही सहयोग गर्न इच्छुकले एकद्धार प्रणाली अवलम्बन गरेर महानगरलाई नै यस कार्यमा सघाउन अनुरोध गरे ।
यसरी नै अन्य स्थानीय निकाय हुन सके घण्टौँको लामो दुरी हिँड्नबाट मजदुरहरु मुक्त हुने थिए ।
















प्रतिक्रिया