काठमाडौं, ६ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले लकडाउनका कारण खान नपाएकै कारण व्यक्तिहरू समस्यामा नपरेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले कुनैपनि वडामा कोही व्यक्ति भोकमरीमा नपरेको बताए । उनले वडामा पर्नसक्ने सम्भाावित असरका विषयमा सरकार सचेत रहेको बताए ।
लकडाउनले जनता भोकै छन् भनेर कसैले पनि सरकारलाई सुझावका रुपमा गीत सुनाउन आवस्यक नभएको मन्त्री त्रिपाठीले बताए । मन्त्री त्रिपाठीले देश र विदेशमा रहेका नेपाली जनताप्रति सरकार सचेत र संवेदनशील रहेको बताएका छन् ।
उनले सर्वोच्च अदालतले दिएको आदेशप्रति लक्षित गर्दै कोही जनता भोकले नमरेको बताए । उनले सडकमा बुर्कुसी मार्नका लागि सरकारले रहरले लकडाउन नगरिएको बताए ।
उनले राहत नै पाएनन् भन्नेहरूले कुन वडामा कसले पाएन त्यसको रिर्पाेट दिएन चुनौती दिएका छन् ।
राहत नपाएको सूचना दिनेवित्तिकै सरकारले तत्काल खानपिनको व्यवस्था गर्ने उनले बताएका छन् । शुक्रबारसम्ममा देशभरि ६ लाख १ हजार २२ परिवारलाई राहत वितरण भएको तथ्याङ्क सरकारसँग रहेको मन्त्री त्रिपाठीले बताए ।
उनले यतिले दुःख पाए भनेर हावादारी कुरा गर्नुभन्दा को ? कहाँ ? कसरी अलपत्र परेका छन् भनेर तथ्याङ्क र बस्तुगत आधारमा कुरा गर्न चेतावनी दिएका छन् । उनले सरकारलाई आलोचना गरेका भाषण र गीतबाट आलोचना गर्दैमा कोरोना संक्रमणबाट बाँच्न नसकिने बताए ।
‘सडकमा जनताले खान पाएनन् भनेर सर्वोच्चले भनिरहनुपर्दैन’, मन्त्री त्रिपाठीले भने, ‘सरकार यो विषयमा सचेत छ ।’ ‘कोरोना विश्व व्यापी समस्या हो । नेपालमा सरकार जे जस्ता उपायहरू अपनाएको छ त्यो जनता बचाउनकै लागि हो’, उनले भने, ‘भारतमा भएका नेपाली र नेपालमा भएका भारती नागरिक पनि भोकले मर्दैनन् ।’
‘लकडाउनका पनि केहि वैज्ञानिक नियमहरू छन् । त्योअनुसार सरकारले कदम चालेको छ’, उनले भने, ‘सबै वैज्ञानिक बन्ने काम नगरौँ । सडकमा हिड्न र दुर्दशा देखाउनका लागि सरकारले लकडाउन गरेको हैन ।’











प्रतिक्रिया