७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री ओलीभन्दा देउवा र कोइरालाको सचिवालयमा तीन गुणा बढी खर्च, २४ प्रधानमन्त्रीको विवरण

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । राजाको प्रत्यक्ष शासनकालबाहेक प्रजातान्त्रिक प्रणालीमा निर्वाचित भएका प्रधानमन्त्रीहरूको सचिवालयमा केपी शर्मा ओलीले कम खर्च गरेको एउटा विवरण सार्वजनिक भएको छ ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले १९ महिनाको अवधिमा प्रत्यक्ष शासनकाल चलाउँदा ६० जना सचिवालयमा राखेर एक अर्ब रुपैंया सरकारी कोषको खर्च गरेका थिए ।

त्यसबाहेक २ बर्षको कार्यकाल चलाउँदा तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले सचिवालयमा ४६ जना राखी ६८ करोड रुपैंया खर्च गरेका थिए ।

ओलीको पहिलो ९ महिने सरकारपछि बनेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा ४६ जना रहेका थिए । जसका लागि २७ करोड खर्च भयो भने त्यसपछि बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा ४६ जनाकै लागि ४० करोड खर्च भएको विवरणमा उल्लेख छ ।

०४७ सालको प्रजातन्त्र प्राप्त भएपछि प्रधानमन्त्रीमा निर्वाचित भएकाहरुको विवरण यस्तो छ ।